१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले कपिलवस्तुको प्रथम वैठक : जिम्मेवारी बाँडफाँड




कपिलवस्तु । १० औं अधिवेशन सम्पन्न भएको झण्डै २ महिना पछि नेकपा एमालेको नयाँ नेतृत्वको पहिलो जिल्ला कमिटिको वैठक विहिबार बसेको छ । खनालको नेतृत्वमा १ सय १७ सदस्यीय नयाँ कमिटि चयन भएको थियो । नेकपा (एमाले) कपिलवस्तुको प्रथम पूर्ण जिल्ला कमिटीको वैठकले जिम्मेवारी वाडफाड सहितको महत्वपूर्ण निर्णयहरु गरेको छ ।

वाणगंगामा आयोजित वैठकले निर्वाचन क्षेत्र नं. १ को संयोजकमा एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, निर्वाचन क्षेत्र नं. २ को संयोजकमा जिल्ला उपसचिव शुसिला दर्लामी, निर्वाचन क्षेत्र नं. ३ को संयोजकमा सिबि गहतराजलाई जिम्मेवारी प्रदान गरेको छ ।

त्यस्तै वैठकले जिल्ला स्कूल विभाग प्रमुखमा जिल्ला अध्यक्ष बाबुराम खनाल, वित्त विभाग प्रमुखमा जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला संगठन विभाग प्रमुखमा जिल्ला सचिव सिवि गहतराज, सहकारी विभाग प्रमुखमा देवी बहादुर पोख्रेल र महिला विभाग प्रमुखमा शुसिला दर्लामीलाई जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

वैठकले एमाले कपिलवस्तुको १० औं जिल्ला अधिवेशनको समिक्षा गरेको छ । सोही वैठकले आगामी कार्ययोजना निर्माणका निम्ति जिल्ला पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै वैठकले सदस्यता प्रदान तथा नविकरण कार्यका लागि जिल्ला संगठन विभागलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

वैठकले नगर तथा गाउँपालिका र वडा इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । त्यस्तै माताहत कमिटीहरुको वैठक २०८१ साल श्रावण १५ गते भित्र र पालिका कमिटीहरुको अधिवेशन भाद्र मसान्त सम्म सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै नवप्रवेशीहरुलाई संगठित गर्दै जिम्मेवारी प्रदान गर्ने, पुष्पलाल स्मृती दिवस तथा सम्मान कार्यक्रम यही श्रावण ७ गते जिल्ला पार्टी कार्यालय तौलिहवामा सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

सम्पन्न वैठकले १० औं जिल्ला अधिवेशनको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत हुमनाथ पाण्डे, सदस्य कुलराज भुसाललाई दोसल्ला ओढाएर सम्मान गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८१ शुक्रबार ००:००  ८ : २४ बजे