२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा



एजेन्सी ।
कोपा अमेरिका फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ।

बुधबार बिहान ब्राजिल र कोलम्बियाबीच समूह चरणको अन्तिम खेल सकिएसँगै कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा भएको हो।

समूह ‘डी’बाट कोलम्बिया समूह विजेता बनेर र ब्राजिल उपविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको हो।

समूह ‘सी’ बाट उरूग्वे समूह विजेता र पानामा उपविजेता बनेर क्वाटरफाइलन पुगेको छ।

उरूग्वेले समूह चरणका तीनै खेल जित्दा पानामाले दुई जित र एक हारसहित ६ अंक जोडेर उपविजेता बन्यो।

समूह ‘बी’ बाट भेनेजुयला तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दा एक जित, एक हार र एक बराबरी खेलेको इक्वेडर ४ अंकसहित उपविजेता बनेर क्वाटरफाइनल पुगेको छ।

समूह ‘ए’बाट अर्जेन्टिना र क्यानडा क्वाटरफाइनल पुग्यो। अर्जेन्टिनाले समूह चरणको सबै खेल जितेर ९ अंक जोडेर क्वाटरफाइनल प्रवेश गरेको हो ।

उक्त समूहबाट क्यानडा १ जित, एक हार र एक बराबरी खेल्दै समूहको उपविजेता बनेर क्वाटरफाइनल पुगेको हो।

क्वाटरफाइनलको खेल जुलाइ ५ देखि सुरू हुनेछ।

पहिलो खेल शुक्रबार अर्जेन्टिना र इक्वेडरबीच हुनेछ।

भेनेजुयलाले क्यानडासँग, कोलम्बियाले पानामासँग र ब्राजिलले उरूग्वेसँग क्वाटरफाइनल खेल्नेछ।

सेमिफाइनल जुलाई १० र फाइनल जुलाई १५ मा हुनेछ।

प्रकाशित मिति : २० असार २०८१ बुधबार ००:००  ११ : २६ बजे