२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

दाङको बबई नदीमा एक महिला बेपत्ता



दाङ ।
दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

बबई नदीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका-१४ की २० वर्षीय सम्भना चौधरी आज बिहान बेपत्ता भएकी हुन् ।

बुधबार बिहान पौने ८ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका-१४ मटेरास्थित आफन्तको घरमा जाने क्रममा नदीले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले बताए । उनको खोजी कार्य भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०८१ बुधबार ००:००  ११ : १३ बजे