२४ असार २०८१, आइतबार | Sun Jul 7 2024

अष्ट्रियालाई हराउँदै टर्की क्वाटरफाइनलमा



काठमाडौं ।
मेरिह डेमिरको दुई गोलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै टर्की युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जर्मनीमा भइरहेको युरो २०२४ मा ठिकैको प्रदर्शन गरिरहेको टर्कीले १६ वर्षपछि युरोको क्वाटरफाइनलमा स्थान बनाएको हो ।

लाइपिजगस्थित रेडबुल एरेनामा मंगलबार भएको खेलमा डेमिरलले खेलको पहिलो मिनेटमै गोल गर्दै टर्किएलाई अग्रता दिलाएका थिए । उनले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टर्कीको अग्रता दोब्बर पारे ।

६६औं मिनेटमा अष्ट्रियाका माइकल ग्रेगोरिट्स्चले गोल गर्दै अष्ट्रियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, त्यसपछि थप गोल हुन नसक्दा टर्कीले अन्तिम ८ मा स्थान बनाएको हो ।

फ्रान्स र नेदरल्याण्ड्स जस्ता टिम रहेको समूहमा समूह विजेता बनेको अष्ट्रियाले नकआउट चरणमा पनि त्यस्तै नतिजा निकाल्ने योजना बनाए पनि सफल भएन ।

अब सेमिफाइनल प्रवेशका लागि टर्कीले नेदरल्याण्ड्ससँग खेल्नेछ ।

प्रकाशित मिति : २० असार २०८१ बुधबार ००:००  ७ : ३४ बजे