१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

कपिलवस्तुमा पनि २१औं रास्ट्रिय धान दिवस मनाइयो



बाबुराम रायमाझी ।
जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने मुल नाराका साथ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुको आयोजनामा कपिलवस्तु नगरपालिका वडा न.११ बनगाइमा धान दिवस मनाइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुका प्रमुख तथा बरिस्ठ कृषि अधिकृत सहसराम चौधरी (कुर्मी) ले शितल कृषि सहकारी संस्थाको सहकार्यमा कृषकहरुको खेतमा रोपाई गरेर २१ औ राष्ट्रिय धान दिवस मनाइएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले कृषि ज्ञान केन्द्र एबम कृषि आधुनिकीकरण परियोजना एकाइलाई जिल्लाको माटो सुहाउँदो धान रोप्नु पर्ने र जिल्लाको कुनै एक क्षेत्रलाई धान उत्पादनको नमुना क्षेत्रको रूपमा विकास गर्न कृषि विज्ञको परामर्शमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले असार १५ मा मनाइने रास्ट्रिय धान दिवस कार्यालयहरुले अलग अलग नभई विषयगत कार्यालयले समन्वय गरी संयुक्त रुपमा मनाउनुपर्ने सुझाव दिनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख भास्कर पौडेलले नेपालको मुख्य बाली धान खेती भएको र विश्वमा धान उत्पादनमा नेपाल १६औं स्थानमा भएको बताउदै लुम्बिनी अंचलमा कपिलवस्तु बढी धान उत्पादन हुने जिल्ला भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कपिलवस्तुका वरिष्ठ कृषि अधिकृत सहसराम चौधरी (कुर्मी) ले जिल्लाको १० पालिका मध्ये ७ पालिकामा आफ्नो कार्य क्षेत्र रहेको बताउदै अबको खेती प्रणाली प्रविधि मैत्रीबाट गर्नुपर्छ जसले गर्दा उत्पादन प्रभावकारी हुने बताउदै सिचाइको कारण उत्पादनमा समस्या रहने हुँदा सतही सिचाइ हुन आवश्यक रहेको बताउनुभयो । व्यवसायी खेतीका लागी चक्लाबन्दी खेती गर्न राज्यले निति बनाइ काम गर्नुपर्ने भन्दै कृषिका लागी आबश्यक पर्ने मल, बीउ, यान्त्रिकरण, आवश्यक उपकरण किसानलाई सहज एबम सहुलियत दरमा राज्यले उपलब्ध नगराउदा किसानलाई समस्या भएको बताउनुभयो ।
कार्यक्रममा शितल कृषि सहकारी संस्था लिमिटेडका ब्यबस्थापक सरस्वती यादव, धान सुपरजोनका सचिव गोपालमणि ज्ञवाली, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रतिनिधि बाबुराम शर्मा पौडेल लगायतले २१औं रास्ट्रिय धान दिवस तथा रोपाइ महोत्सवको शुभकामना दिएका थिए ।
जिल्ला समन्वय समितिका पदाधिकारी, कृषि ज्ञान केन्द्रका प्रुमुख, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि, पत्रकार लगायतको धान रोपाइ कार्यक्रममा सक्रिय सहभागी रहेकोे थियो । कार्यक्रम परियोजनाका अधिकृत पशुपति सिंहको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १६ असार २०८१ शनिबार ००:००  ७ : ४६ बजे