१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

जननेता मदनको ७३ औं जन्मजयन्ती, मधौलीयामा बृक्षारोपण



वाणगंगा ।

जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा कपिलवस्तुमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा न.५ स्थित मधौलिया सामुदायिक बन क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले संयुक्त रुपमा बृक्षारोपण कार्यक्रम गरेको हो । सामुदायिक बन क्षेत्रको दक्षिणी पश्चिमी क्षेत्रमा १ सय ५० टिक जातको विरुवा रोपिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी भण्डारी जनतामाझ लोकप्रिय हुनुहुन्थ्यो । विश्वबाट कम्युनिस्ट शासनहरु ढलिरहेका बेला ९० को दशकमा भण्डारीले जनताको वहुदलीय जनवादको नाममा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै एमालेलाई जनतामा स्थापित गर्नु भएको थियो। भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो ।
उहाले २०४८ सालको आम निर्वाचनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि चर्चित बन्नु भएको थियो । भण्डारीको २०५० जेठ ३ गते दासढुंगा जीप दुर्घटनामा रहस्यमय निधन भएको थियो ।
बृक्षारोपण कार्यक्रमका नेकपा एमालेका जिल्ला अध्यक्ष बाबुराम खनालले मदन भण्डारीको विचार र सोच कम्युनिष्ट आन्दोलनमा लोकप्रिय र जीवन्त रहेको उल्लेख गर्नुभयो । कम्युनिष्ट इतिहासमा सर्वश्रेष्ठ विचार प्रतिपादन गरी बर्गीय विभेद, अन्याय, अन्त्याचार र सामान्तबाद विरुद्ध रुपान्तरणकारी मूल्य मान्यतामा आधारित सिद्धान्त स्थापित गरेको बताउनुभयो ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक तिलक गिरीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सचिवालय सदस्य जंजीर प्रसाद चौधरी, पुर्व अध्यक्ष झविलाल पोखरेल, प्रदेश सदस्य डम्बर शर्मा, प्रदेश सदस्य तथा युवा संघ लुम्बिनी सह इन्चार्ज धनु अधिकारी, प्रदेश कमिटि सदस्यहरु पूर्णकला सुनार, धर्म भुसाल, दोर्णराज सुवेदी, चक्रपाणी अर्याल, जिल्ला उपाध्यक्ष शंकर पाण्डे, अन्य जिल्ला कमिटि सदस्य, नगर कमिटि पदाधिकारी, सदस्य लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१ शुक्रबार ००:००  ७ : १३ बजे