१७ असार २०८१, आइतबार | Sun Jun 30 2024

विजयनगर गाउँपालिकाको ६४ कराेड २५ लाख बजेट सार्वजनिक



कपिलवस्तु ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले ६४ कराेड २५ लाख ५० हजारकाे बजेट प्रस्तुत गरेकाे छ । साेमबार गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले गाउँपालिकाकाे दाेस्राे गाउँसभाकाे पाँचौँ अधिवेशनबाट उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँसभामा उपाध्यक्ष चाैधरीबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक-२०८१ प्रस्तुत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले नागरिकको स्वास्थ्य विमा, पर्यटना, कृषि, हरियाली वातावरण र सरसफाईलाई मुख्य प्राथमिकता राखेर बजेट बनाएको मायादेवी अनलाइनलाई जानकारी दिएका छन् । उनले यस आर्थिक वर्षमा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे बताएका छन् । उनले आवश्यकता अनुसार विकासका पुर्वाधारहरुलाई समेत निरन्तरता दिँदै जाने बताए । उनले पर्यटकीय हिसाबले प्रचुर सम्भावना बाेकेकाे शंकरपुर ताललाई समग्र विजयनगरकाे पहिचान भएको बताउँदै गाैरवकाे याेजना अन्तर्गत संघीय सरकारले यस वर्ष बजेट विनियोजन गरेकाे जनाए ।

अध्यक्ष थापाले सामाजिक विकासलाई गाउँपालिकाले जाेड दिएकाे जिकिर गर्दै गाउँपालिका-६ बद्धाैरमा निर्माण भएकाे १५ शैय्याकाे अस्पताललाई सञ्चालनमा ल्याउने र शिक्षा क्षेत्रमा आवश्यकता अनुसार भाैतिक पुर्वाधारकाे संरचना निर्माणसँगै शैक्षिक गुणस्तरीयतालाई विशेष कार्यक्रममा राखी गाउँपालिकाले अगाडी बढ्ने बताए । यस्तै एक गाउँ, एक कृषि, पशु प्राविधिक नीति तथा कार्यक्रममा समावेश गरिएको अध्यक्ष थापाकाे भनाई छ ।

प्रकाशित मिति : ११ असार २०८१ सोमबार ००:००  १० : ५८ बजे