१६ असार २०८१, शनिबार | Sun Jun 30 2024

कोपा अमेरिकामा उरुग्वेको विजयी सुरुआत



काठमाडौं ।
अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा उरुग्वेले विजयी सुरुआत गरेको छ ।

समूह सी अन्तर्गत मायामीस्थित हार्क रक स्टेडियममा भएको खेलमा उरुग्वेले पानामालाई ३(१ ले पराजित गरेको हो ।

उरुग्वेका लागि म्याक्सिमिलयानो अराउजोले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । डार्विन नुनेजले ८५औं मिनेटमा गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।

इन्जुरी टाइमको पहिलो मिनेटमा मातिएस भिनाले गोल गरेपछि उरुग्वेले ३(० को अग्रता बनाएको थियो ।

पानामाका लागि माइकल मुरिल्लोले इन्जुरी टाइमको पाँचौ मिनेटमा सान्त्वना गोल फर्काए । उरुग्वेले अब बोलिभियासँग खेल्नेछ भने पानामाले अमेरिकासँग खेल्नेछ ।

कोपा अमेरिका

प्रकाशित मिति : ११ असार २०८१ सोमबार ००:००  ११ : ०३ बजे