१९ असार २०८१, मंगलबार | Tue Jul 2 2024

कोपा अमेरिकामा मेक्सिकोको विजयी सुरुआत



एजेन्सी।
मेक्सिकोले अमेरिकामा जारी कोपा अमेरिका २०२४ मा विजयी सुरुआत गरेको छ ।

समूह बी अन्तर्गत टेक्ससस्थित एनआरजी स्टेडियममा आइतबार बिहान भएको खेलमा मेक्सिकोले जमैकालाई १(० ले हरायो ।

मेक्सिकोका लागि जेरार्डो अर्टेटाले ६९औं मिनेटमा निर्णायक गोल गरेका थिए । त्यसअघि ५०औं मिनेटमा जमैकाका मिकेल एन्टोनिओले गोल गरेपनि भिएआरले मान्यता नदिँदा अग्रता लिने अवसर गुमाएको थियो ।

जित हात पारेपनि मेक्सिकोका कप्तान एडसन अल्भारेज भने घाइते हुँदै मैदान बाहिरिएका थिए । ह्याम्सट्रिङ समस्याका कारण उनी ३०औं मिनेटमा मैदान बाहिरिएका थिए । जितपछि मेक्सिकोले समूह बी मा ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १० असार २०८१ आइतबार ००:००  ११ : ११ बजे