५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

टी–२० विश्वकप क्रिकेट :भारतको लगातार दोस्रो जीत, बंगलादेश ५० रनले पराजित



एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ । सुपर आठको खेलमा भारतको यो लगातार दोस्रो जित हो ।

यसअघि सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो । गएराति भारतले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रन मात्रै बनायो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । भारत समूह एकको शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १० असार २०८१ आइतबार ००:००  ८ : १७ बजे