५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

युरो २०२४ : पोर्चुगल समूह विजेता हुँदै अन्तिम १६ मा



काठमाडौँ ।
पोर्चुगल शनिबार टर्कीमाथि सजिलो ३–० को जित निकाल्दै युरो २०२४ को अन्तिम १६ मा पुगेको छ । पोर्चुगल समूह ‘एफ’ विजेता बन्ने पनि निश्चित भएको छ ।

बर्नाडो सिल्भा र ब्रुनो फर्नान्डेजले त्यस जितमा एक-एक गोल गरे । यस्तै एक र्ओ गोल समेट अकायडिनको नाममा आत्मघाती रह्यो ।

रोबर्टो मार्टिनेजको टिमको यस जितपछि दुई खेलबाट ६ अंक भएको छ । अब अन्तिम १६ मा समूहको तेस्रो स्थानमा रहेर नकआउट चरण पुगेका टिममध्ये एकसँग भेट हुनेछ । जर्जियाविरुद्धको आफ्नो अन्तिम खेलमा पोर्चुगलले बिनादबाब पनि खेल्न सक्नेछ । अर्कोतर्फ टर्कीलाई अर्को चरण पुग्न अन्तिम खेलमा चेक गणतन्त्रविरुद्ध कम्तीमा बराबरी आवश्यक हुनेछ ।

शनिबारको खेलमा बेल्जिमय पनि विजयी रह्यो र उसले रोमानियामाथि २–० को जित निकाल्यो । समूह ‘ई’ को यो खेल गुमाएको भए बेल्जियम प्रतियोगिताबाट बाहिरिने डचबाट गुज्रिन सक्थ्यो । तर खेल सुरु भएको ७३औं सेकेन्डमै बेल्जियमका लागि यारी टेलेमन्सले गोल गरे । त्यसपछि केभिन डे ब्रुएनाले दोस्रो गोल थपे ।

प्रकाशित मिति : १० असार २०८१ आइतबार ००:००  ८ : १४ बजे