२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

३ प्रतिशतले घट्यो नेपालको वस्तु निर्यात



काठमाडौँ ।
नेपालले चालू आर्थिक वर्षको ११ महिनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको मात्र निर्यात गरेको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो ३.०१ प्रतिशतले कम हो।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

चालू आवमा निर्यात मात्र नभई आयात पनि १.८४ प्रतिशतले घटेको छ। जेठसम्मको तथ्यांकअनुसार १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँको आयात भएको छ। गत आवको सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँको आयात भएको थियो।

विभागका अनुसार आयात घट्दा व्यापारघाटामा १.७२ प्रतिशत योगदान मिलेको छ अर्थात् सो दरमा व्यापारघाटा कम भएको छ। चालू आवको ११ महिनामा नेपालको व्यापारघाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ छ। गत आवको सोही अवधिमा यस्तो घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ हजार रुपैयाँ थियो।

त्यसो त चालू आवमा नेपालको वैदेशिक व्यापार समेत १.९५ प्रतिशतले घटेको छ। ११ महिनामा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँको बाह्य व्यापार भएको छ। गत आवमा यस्तो व्यापार १६ खर्ब २४ अर्ब ५६ करोड ७६ लाख ७१ हजार रुपैयाँ थियो।

प्रकाशित मिति : ८ असार २०८१ शुक्रबार ००:००  २ : ४७ बजे