७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

विजुली नियमित नभएपछि बैरियाबासी पुगे विद्युत प्राधिकरण



मायादेवी अनलाइन, बाणगंगा ।

लामो समयदेखि विद्युतको समस्या झेलेका बैरियावासी नेपाल विद्युत प्राद्यिकरण तौलिहवा कार्यालयमा डेलिगेशन गएका छन् । विजुली नियमित नहुँदा पीडित बनेका बैरियावासी तौलिहवा वितरण केन्द्र कपिलवस्तुमा डेलिगेशन गएका हुन् । उनीहरुले विद्युत कार्यालयका प्रमुख इन्जिनियर गौरव पाण्डेलाई भेटेर आफना गुनासा राख्दै विद्युतको दीर्घकालिन समस्या समाधन गर्न माग राखेका छन् ।

बाणगंगा- १ बैरिया टोलका राम प्रसाद बेल्वासे, ऋषिराम घिमिरे, राजु पन्थ, श्याम घिमिरे, पत्रकार हरि अधिकारी लगाएका प्रतिनिधीले लोभोल्टेज र रातदीन विद्युत नहुँदा दैनिकी अप्ठ्यारो परेको भन्दै वडा कार्यलयको सिफारिस सहित तत्काल ट्रान्सफरमरको व्यवस्था गर्न माग गरेका छन् । अझ यस्तो बेला कृयापुत्री, महिला बालबालिका र ज्येष्ठ नागरिकलाई कठिनाई परेको छ ।

तौलिहवा वितरण केन्द्रका प्रमुख पाण्डेले माग पत्र बुझदै बैरियाको विद्युतको समस्या समाधान अव चाडै हुने प्रतिवद्धता गरे । ‘गर्मीयाममा विद्युतको माग बढ्दै जाँदा लोड धान्न समस्या भएको छ, उनले भने,’ यसका लागि हामी आवश्यक ठाउँमा ट्रान्सफरमरको व्यवस्था गर्न टेण्डर प्रकृया अघि बढाइसकेका छौं । ट्रान्सफरमरसंगै आवश्यक विद्युतीय उपकरणको पनि व्यवस्था मिलाएर दीर्घकालिन समाधानको तयारीमा छौं, केही समय पर्खिनुहोस् ।’

‘हामी निदाएका छैनौं, ग्राहकको समस्यामा काम गरिरहेका छौं, उनले भने’, ‘केही प्रकृयागत जटिलताले समयमा खरिद गर्न सकेका छैनौं त्यसैले समय लागेको हो ।’

बैरियाको विजुलीको समस्या समाधानमा वैकल्पीक व्यवस्था गरेर समाधान गरेको छु । ट्रान्सफरमर, तार लगाएतको आवश्यक विद्युतीय उपकरणको उचित व्यवस्थागरी विद्युत आपूर्तिलाई नियमित बनाउने तयारीमा कार्यालय रहेको छ । तौलिहवा वितरण केन्द्र र फियुज सेवा चारनम्बर कार्यालयका कर्मचारी रातदिन मर्मत सम्भारमा खटिरहेको भएपनि विद्युतको समस्या भने आइरहेको छ ।

लामो सयमदेखि खडेरी पर्दा तापक्रम बढ्दो छ । बढ्दो गर्मीयाममा विद्युतको माग बढि हुँदा विद्युत जाने आउने समस्या र लो भोल्टेजको कारण वाणगंगाबासीको जनजीवन थप कष्टकर बनेको हो ।

प्रकाशित मिति : ६ असार २०८१ बुधबार ००:००  ४ : ५७ बजे