२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

बजेट बहिष्कार गर्ने सांसद सिंहको घोषणा



काठमाडौं ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंह बजेट प्रधानमन्त्री र सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको जिल्लामा केन्द्रित गराएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री, एमालेका अध्यक्ष ओली र मन्त्रीहरूको जिल्लामा बजेटको बाढी आएको उनले दाबी गरे ।

सिंहले भने भने, ‘मन्त्री र प्रधानमन्त्रीको बजेट सिस्टम हुन्छ भने सभामुखबाट रुलिङको माग गर्छु अर्को बर्ष बजेट संसदमा प्रस्तुत नगरियोस्, पास नगरियोस् । त्यही क्याबिनेटले पास गरोस् । प्रधानमन्त्रीको लागि रुलिङ भएन भने बजेटको बहिष्कार गर्छु, भोटिङको दिन बहिष्कार गर्छु ।’

प्रकाशित मिति : ५ असार २०८१ मंगलबार ००:००  १२ : २६ बजे