जेनेभा ।
संयुक्त राष्ट्रसंघले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभरका १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको जनाएको छ ।
संयुक्त राष्ट्रसंघको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको जनाएको हो ।
गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको यूएनएचसीआरले जनाएको छ ।
विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कूल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख छ ।
यूएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए ।
यूएनएचसीआरका अनुसार यो सङ्ख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ ।
प्रतिक्रिया