२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

माधव नेपालले भने-प्रधानमन्त्री बन्नेबारे सोचेर बस्दिनँ



काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफू प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने बताएका छन् । जनताको हितलाई केन्द्रबिन्दुमा राखेर हिँडेकाले त्यसबारे आफूले नसोचेको जिकिर गरे ।

बिहीबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले भने, ‘जनताको चाहना र अपेक्षालाई, राष्ट्रका मागलाई ध्यानमा राखेर चल्नुपर्छ भन्ने हो । त्यस कारण प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा त्यसमा सोच्दिनँ ।’

नेपालले यसअघि पनि आफू रहरले नभई परिस्थितिले प्रधानमन्त्री बनेको सुनाए । ‘प्रधानमन्त्री मैले मागेको होइन, परिस्थितिले मेरो माग गर्‍यो । गिरिजाप्रसाद कोइरालाजीले मलाई अफर गर्नुभयो, नेपाली काँग्रेसले अफर गर्‍यो अनिमात्रै बनेको हो’, उनले भने ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१ बुधबार ००:००  १० : ४९ बजे