२२ भाद्र २०८१, शनिबार | Sat Sep 7 2024

टी–२० विश्वकप : नामिबियालाई हराउँदै अस्ट्रेलिया सुपर आठमा



एजेन्सी ।
आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकप क्रिकेटको सुपर आठमा पुगेको छ ।

नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ ओभर ४ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका डेभिड वार्नरले २० रन बनाए । त्यस्तै ट्रभिस हेडले ३४ र कप्तान मिचेल मार्सले अविजित १८ रन बनाए । नामिबियाका डेभिड विसेले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभरमा ७२ रनमा अलआउट भएको थियो । नामिबियाका कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए । अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए ।

समूह ‘बी’ मा रहेको अस्ट्रेलिया तीन खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा पाँच अङ्क रहेको स्कटल्यान्ड दोस्रो र तीन खेलमा दुई अङ्क रहेको नामिबिया तेस्रो स्थानमा छ । दुई खेलमा एक अङ्क रहेको इङ्गल्यान्ड चौथो र ओमान तीन खेलमा अङ्कविहिन हुँदै पाँचौँ स्थानमा छ ।

यसअघि समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ । आज राति नेपाली समयअनुसार सवा ८ बजे आयोजक अमेरिका र भारत खेल्दैछन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१ बुधबार ००:००  १० : ३७ बजे