काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसीले प्रतिनिधि सभामा बजेटमाथिको छलफल वाक्क लागेको बताएका छन् ।
प्रतिनिधि सभामा सोमबार बजेटमाथि छलफलमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
प्रत्येक वर्ष संसदमा बजेट आउने, छलफल हुने तर प्रस्तुत बजेटमा कुनै परिवर्तन नहुने प्रवृति रहेको उल्लेख गर्दै उनले थपे, ‘यो छलफलको औचित्य त्यति लाग्न छोड्यो । म त आज यही छलफलमा कुरा सुन्दा वाक्क लागेर निदाएछु एकछिन् । रमाइलो छैन संसद, दिक्क लाग्दो छ ।’
सरकारले समाजवादउन्मुख बजेट ल्याएको भनेको तर योजनाहरु पुँजीवाद उन्मुख रहेको बताए ।
गत वर्ष बजेटको सिलिङ नै घटाइएको जान्दा जान्दै आगामी आर्थिक वर्षका लागि कढाउनु आफैंमा नमिल्ने बताए ।
प्रतिक्रिया