२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

सिद्धार्थको संस्थागत क्षमता विकास गोष्ठी सम्पन्न



वाणगंगा मायादेवी अनलाइन ।
सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको संस्थागत क्षमता विकास गोष्ठी कार्यालयको सभाहलमा बुधबार सम्पन्न भएको छ ।
संस्थागत क्षमता विकास (OCB) मार्फत संस्थाको समग्र लेखाजोखा गरी आवश्यक नीतिहरु तर्जुमा, वार्षिक कार्यक्रम निर्माण, क्षमता विकास, कार्यालय व्यवस्थापन लगाएतका क्षेत्रमा आवश्यक सुधार गर्दै लैजाने अभ्यास गरिएको संस्थाकी अध्यक्ष सूर्यकुमारी शाहीले जानकारी दिनुभयो ।
संस्थागत विकासको लागि विभिन्न सूचक निर्माण गरी समुहगत छलफल गरी बार्षिक कार्ययोजना बनाई संस्थाले कामगर्दै आएको छ । संस्थागत शुशासन जवाफदेहीता, मानवश्रोत व्यवस्थापन, नेतृत्व विकास, कार्यालय व्यवस्थापनको क्षेत्रमा विभिन्न सूचकमा लेखाजोखा गरि समिक्षा गरिएको संस्थाका सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
ओसिबीमा संस्थाका पूर्व अध्यक्षहरु, कार्यसमिति, लेखासमिति, कार्यक्रम संयोजक, लेखा लगाएतको सहभागीतामा छलफल हुने गरेको छ । विगत लामो समयदेखि संस्थागत क्षमता विकास कार्यक्रमले सदस्यहरुको क्षमता विकासमा सुदृढ बनाउदै संस्थागत पहिचानमा टेवा पुरयाएको संस्थाका पूर्व अध्यक्ष पोमनारायण पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २२ चैत्र २०८० बिहिबार ००:००  ९ : ४० बजे