गोरखा ।
विश्वमा कोभिड-१९ को नयाँ भेरिएन्ट जेएन १ फैलिएका बेला गोरखामा पनि एक जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
शहिद लखन गाउँपालिका-७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ । तर उक्त भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने एकीन नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन् ।
‘ज्वँरो र रुघाखोकी लागेर सोमवार अस्पतालमा उपचार गराउन आउनुभएको थियो,’ उनले भनिन्, ‘उहाँमा देखिएको लक्षणहरु कोरोनासँग मिल्दोजुल्दो देखिएकाले हामीले एन्टिजेन परिक्षण गर्यौ, रिपोर्ट पोजिटिभ देखियो ।’
उनलाई होम आइसोलेसनमा बस्न भनिएको र स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा समेत खवर गरिएको श्रेष्ठले जानकारी दिइन् ।
‘ट्राभल हिस्ट्री’ भरतपुर देखिएकाले उतै संक्रमण भएको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया