काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी)को सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ । बैठक बिहान ११ बजेबाट सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ ।
बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिनेछ ।
माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको छनोटका लागि मापदण्ड तय गर्ने, सङ्गठन विस्तार तथा पार्टीको आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे पनि छलफल गर्ने पार्टीको तयारी छ ।
साथै विधान संशोधन प्रस्ताव उपर पनि बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया