८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

जसपा लुम्बिनीले प्रदेश सदस्यहरुलाई दियो जिम्मेवारी



रुपन्देही ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल लुम्बिनी प्रदेश समितिले सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरेको छ ।

प्रदेश कार्यकारिणी समितिको बिहीबार बसेको बैठकले सल्लाहकार समितिको अध्यक्षमा बदरुदुजा खाँ, अनुशासन आयोगको अध्यक्षमा सुदीप पौडेल, निर्वाचन आयोगको अध्यक्षमा सुधाकर मिश्रा र लेखापरीक्षण आयोग अध्यक्षमा घुरहु यादवलाई चयन गरेको छ ।

त्यसैगरी मगरात राष्ट्रिय समितिको इन्चार्जमा भण्डारीलाल अहिर, सहइन्चार्जमा कृष्णबहादुर सर्तुङे मगर, थरुहट तराई राष्ट्रिय समितिको इन्चार्जमा शिवपुजन यादव र सहइन्चार्जमा इनामुल्लाह फकिरलाई जिम्मेवारी तोकेको छ ।

बैठकले अकरम पठान, राजकुमार वर्मा, रेनु सिंह, सरोजा बढई, भण्डारीलाल अहिर, शिवपुजन यादव, इनामुल्लाह फकिर र कुष्णबहादुर सर्तुङेलाई लुम्बिनी प्रदेश कार्यकारिणी समिति सदस्यमा मनोनयन गरेको छ । बैठकले आगामी मंसिर ९ र १० गते रुपन्देहीमा प्रदेशस्तरीय राजनीतिक अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकबाट प्रदेश कार्यालय सचिवको जिम्मेवारी प्रदेश समिति सदस्य शिवकुमार चौधरीलाई दिइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २५ कार्तिक २०८० शनिबार ००:००  ७ : ३६ बजे