७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

भूकम्प प्रभावितका लागि बुद्धभूमिद्धारा राहतको घोषणा



मायादेवी अनलाइन, बाणगंगा ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाद्धारा भूकम्प प्रभावितका लागि राहतको घोषणा गरेको छ ।

शुक्रबार राति जाजरकोट र रुकुम पश्चिम भूकम्पबाट प्रभावित भएका छन् ।

यी दुई जिल्लाका नागरिकलाई बुद्धभूमिले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँको राहत घोषणा गरेको छ ।

बुद्धभूमिका नगर प्रुमख केशव कुमार श्रेष्ठले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राहतको घोषणा गरे ।

साथै नगर प्रमुख श्रेष्ठले मानविय सङ्कटलाई पार लगाउनको लागि विभिन्न संघ संस्था तथा सम्पूर्ण पक्षलाई सक्ने सहयोग गर्न पनि आग्रह गरे ।

प्रकाशित मिति : २० कार्तिक २०८० सोमबार ००:००  ८ : १९ बजे