गुल्मी ।
गुल्मीमा एकजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालिका गाउँपालिका–७ का सुजन भन्ने ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
नेपालीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको सहयोगमा सन्धिखर्कबाट आइतबार पक्राउ गरिएको हो । नेपालीलाई कीर्तेसम्बन्धी कसुर र नागरिकतासम्बन्धी कसुर मुद्दामा २०७९ पुस १८ गते गुल्मी जिल्ला अदालतबाट दुई वर्ष कैद र रु १५ हजार पाँच सय ५० जरिवाना तोकिएको थियो ।
अदालतको फैसलापछि नेपाली फरार रहेको बताइएको छ । फरार रहेका प्रतिवादी नेपालीलाई खोजतलास गर्ने क्रममा सन्धिखर्कबाट पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीलाई गुल्मी जिल्ला अदालतमार्फत जिल्ला कारागार गुल्मी चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।
पक्राउ परेका नेपालीले अब दुई वर्ष गुल्मी कारागारमा कैद भुक्तानसहित रु १५ हजार पाँच सय ५० जरिवाना तिर्नुपर्नेछ ।
प्रतिक्रिया