३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

अटो रिक्सा दुर्घटना हुँदा दाङमा १ जनाको ज्यान गयो



दाङ ।
दाङको बङ्गलाचुीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका–५ झेलखोलमा रा १ ह २४०१ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा त्यही ठाउँका ५५ वर्षीया विवा बुढा मगरको ज्यान गएको इलाका प्रहरी कार्यालय कमिरेचौरका प्रहरी सहायक निरीक्षक सहदेव योगीले जानकारी दिनुभयो ।

दुर्घटनामा झेलखोलका एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा ३६ वर्षीय मतिराम बुढा, ३० वर्षीय ऋखिराम बुढा, ४० वर्षीय मानबहादुर बुढा र २६ वर्षीय हिरा घर्ती रहेका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाएको प्रहरी सहायक निरीक्षक योगीले बताउनुभयो । झेलखोल गाउँबाट बङ्गलाचुली–५ मुर्कुटी बजार आउँदै गर्दा अटो रिक्सा दुर्घटनामा परेको हो ।

अटो रिक्सा चालक प्युठानको माण्डवी गाउँपालिका–२ का गेमबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८० शनिबार ००:००  ८ : ०२ बजे