४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

आज राष्ट्रिय शोक, सरकारी कार्यालय र विदेशस्थित नियोगमा झण्डा आधा झुकाइने



काठमाडौं ।
सरकारले आज (मंगलबार) राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा परी १० नेपालीको निधन भएकोमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो ।

आज देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाइने छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २३ (आज) गतेलाई राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झण्डा आधा झुकाउने निर्णय गरेको थियो ।

यस्तै हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय पनि सरकारले गरेको छ ।

गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८० मंगलबार ००:००  ७ : ५० बजे