४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मनसुनी प्रणाली कमजोर



काठमाडौँ ।
मनसुनी प्रणाली कमजोर बनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर, मनसुन बाहिरी नसकेकाले सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र बाहेकका ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।

गण्डकी, बाग्मती र कोशीको पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी परिरहेको पनि मौसमविद् राजु प्रधानांगले जानकारी दिनुभयो । उहाँका अनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशको एक वा दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मनसुन बाहिरिसकेको सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम भने सफा छ । नेपालबाट पूर्णरुपमा मनसुन बाहिरिन अझै दुई तीन दिन लाग्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८० सोमबार ००:००  ११ : ३० बजे