४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाल्पामा डोजर पुरिँदा चालकको ज्यान गयो



पाल्पा ।
सडक मर्मत गरिरहेको डोजर पुरिँदा पाल्पामा चालकको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका – १ दाङका ३० वर्षीय चालक धनबिर खड्काको दुर्घटनामा परेर ज्यान गएको हो ।

रामपुर नगरपालिका – १० टोक्से भन्ने ठाउँको बर्दलेबाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको डोजरलाई सडक माथिबाट आएको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा तानसेनको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८० सोमबार ००:००  ११ : २१ बजे