३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कपिलवस्तुमा सर्पको डसाईबाट दुई दिदीबहिनीको ज्यान गयो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा सर्पले डसेर एकै घरका दुई दिदीबहिनीको ज्यान गएको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर- ९ भलवाड जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ बर्षीया रितिका क्षेत्री र ८ बर्षीया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो । उनीहरु दुबैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

मङ्गलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा.नेत्रबहादुर रानाले जानकारी दिए।

३ बर्षीया रीतिका क्षेत्रीको बिहान मृत्यु भएको थियो भने ८ बर्षीया इशिका क्षेत्रीको भने बार साँझ करिब ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। रानाले दिए ।

उनीहरुलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो ।

अचेत अवस्थामा रहेकाले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको सर्पदंश उपचार केन्द्रमा वातावरणीय व्यवस्थापक नवीन भण्डारीले बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८० बिहिबार ००:००  ८ : ५६ बजे