३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तुमा सर्पले टोक्दा एक जनाको ज्यान गयो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगामा एकै घरका दुई दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ ।

बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरीहरु ३ बर्षीया रितिका क्षेत्री र ८ बर्षीया इशिका क्षेत्रीलाई मंगलबार राति सर्पले डसेको हो ।

मंगलबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बताइएको छ । सर्पले डसेको थाहा पाएलगत्तै बिहान ४ बजे गोरुसिँगेस्थित सर्पदशं उपचार केन्द्रमा लगिएकामा थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

उपचारका क्रममा ३ वर्षीयया बालिका रितिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा.नेत्र बहादुर रानाले जानकारी दिए ।

उहाँले ‘उपचारकै क्रममा दुई दिदीबहिनी मध्ये एकको मृत्यु भएको छ, एक जनाको अवस्था पनि गम्भिर छ । हामी उपचार गर्दै छौँ ।’ आठ बर्षीया इशिकाको भेण्टीलेटरमा राखेर उपचार भइरहेको डा. रानाले बताउनुभयो । उनको पनि अवस्था गम्भीररहेको छ ।

घरमा सुतिरहेका बेला राति करिब १२ बजेको समयमा उनीहरुलाई सर्पले डसेको अनुमान गरिएको स्थानीयले बताएका छन् । झुल लगाएर सुतेका एकै घरका दुई बहिनीलाई सर्पले डसेको हो ।

परिवारले ३ बर्षीया रितिकालाई सर्पले टोकेको आशंका गरी सर्पदंश अस्पताल गोरुसिँगेमा पुर्याएकामा उनलाई थप उपचारका लागि बुटवल रेफर गरिएको सर्पदशं अस्पतलाका नबिन भण्डारीले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८० बुधबार ००:००  ८ : ०० बजे