२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

कुलोमा डुबेर कपिलवस्तुमा एक जनाको ज्यान गयो



मायादेवी अनलाइन, बुद्धभूमि ।

कपिलवस्तुमा कुलोमा डुबेर एक जना पुरुषको ज्यान गएको छ ।

मृत्यु हुनुमा जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १ विरपुर निवासी ३२ बर्षीय हरि बहादुर थापा हुन् ।

छारे रोगबाट ग्रसित थापा शनिबार कुलोमा डुबेको स्थानीयले बताएका छन् ।

शवलाई पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८० आइतबार ००:००  ८ : १५ बजे