९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना



काठमाडौँ ।
आज दिउँसो कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

अहिले पनि कोसी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा सामान्य पानी परिरहेको र दिउँसो चार वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि रहेको छ । यस्तै, भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेस र कोसी प्रदेशको तराई भू–भागका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ । भरे राति कोसी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही बाँकी प्रदेशका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८० आइतबार ००:००  ७ : ५५ बजे