२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी अफ्रिकन मुलुक प्रस्थान



मायादेवी अनलाइन, बाणगंगा ।
लुम्बिनी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थी एक हप्ताको लागि अफ्रिकन मुलुक भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।

तान्जानियाको दारेसलाममा आयोजना हुने अन्तर्राष्ट्रिय स्वास्थ्य सम्बन्धी सम्मेलनमा सहभागी हुन शनिबार प्रस्थान गर्नु भएको हो ।

सेप्टेम्बर १८ देखि २१ सम्म आयोजित अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलनमा सल्लाहकार रुपमा सम्मेलनमा सहभागिता रहने उहाँका प्रेस संयोजक हरि अधिकारीले जानकारी दिनुभयो।

सम्मेलनमा विभिन्न मुलुकका सरकारी, साझेदार विकास नियोग, अन्तर्राष्ट्रिय, राष्ट्रिय गैर सरकारी संस्थाका उच्च अधिकारीको सहभागिता रहने छ ।

सम्मेलनले स्वास्थ्य क्षेत्रको सुधार गर्दै मुलुकको आर्थिक(सामाजिक विकास र मानव संसाधनको क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १ आश्विन २०८० सोमबार ००:००  ६ : १९ बजे