काठमाडौँ ।
नेकपा (एकीकृत समाजवादी) का पोलिव्यूरो सदस्य तथा प्रमुख सचेतक मेटमणी चौधरीले जात र धर्मको नाममा समाजलाई विभाजन गरी मुलुकको विकास सम्भव नभएको बताएका छन् । आजको युगमा जात र धर्मको नाममा राजनीतिक सम्भव नभएको समेत नेता चौधरीले बताए ।
राजधानी एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका चौधरीले भने, ‘हामी भन्दा विकासमा पछि परेका देशहरुले धेरै विकास गरिसके । हामी आज पनि जातजाती र धर्मका कुरामा अल्मलिरहेका छौँ । यसले विकासमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।’
आजको आवश्यकता विकास र समृद्धि भएको समेत उनले बताए । संविधानमा समाजवाद उन्मुख राज्य व्यवस्थाको कल्पना गरेको भन्दै बर्गाीय असमानता हटाएर समाजवादको दिशामा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
नयाँ पुस्तामा मुलुक प्रति निराशा होइन आशाको दियो हुनुपर्नेमा उनले जोड दिए । युवाहरुले राजनितिमा आफ्नो हस्तक्षेप बढाउनुपर्ने उनको धारणा छ । देशमा अब कुनैपनि भ्रष्टाचारी जोगिन नसक्ने उनले ठोकुवा गरे ।
प्रतिक्रिया