९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पार्टी विभाजनप्रति नेम्वाङ निकै दुःखी हुनुहुन्थ्यो : झलनाथ खनाल



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उनले नेम्वाङसँगको सम्बन्ध उल्लेख गरेका छन् ।

आफूले नै नेम्वाङलाई २०२९ सालदेखि प्रगतिशील पार्टी राजनीतिमा आउन प्रेरित गरेको उल्लेख गर्दै उनले आफूहरु कोअर्डिनेसन कालदेखि नेकपा निर्माणको कालसम्म सँगै एउटै पार्टीमा रहेको पनि स्मरण गरेका छन् ।

एउटै पार्टीमा लामो समयसँगै काम गरेको भएकाले पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरुको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ दुःखी रहेको बताएका छन् ।

‘पार्टी विभाजन भएको प्रति उहाँ निकै दुस्खी हुनुहुन्थ्यो । मिलेर काम गर्ने उपाय के हुन सक्छ भन्ने बारेमा हाम्राबीच चर्चा भइरहन्थ्यो । आखिर अनेक सम्भावना अगाडि हुँदाहुँदै पनि उहाँको यो दुस्खद् निधन भएको छ,’ खनालले शोक वक्तव्यमा लेखेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८० मंगलबार ००:००  १० : १२ बजे