९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लुम्बिनी र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना



काठमाडौं ।
आज (आइतबार) देशभरको मौसम सामान्यतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम प्रदेशका एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको सम्भावना छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय  प्रणालीको समेत आंशिक प्रभाव छ।

प्रकाशित मिति : २४ भाद्र २०८० आइतबार ००:००  ७ : १६ बजे