बिष्णु कुमार, अर्घाखाँची ।
चट्याङ लागेर अर्घाखाँचीको मालारानी ९ मा एक जनाको घटनास्थालमै मृत्यु भएको छ । चट्याङमा परि अन्य ४ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा मालारानी ९ गोखुङगा सेपानी निवासी २० बर्षीय मिलन खनाल रहेको प्रहरीले जनाएको छ । घाइतेहरूमा सोही ठाउँका २५ बर्षीय जेम बहादुर पुन, २८ बर्षीय लिल बहादुर पुन, २१ बर्षीय दामोदर खनाल र २२बर्षीय चन्द्र बहादुर खनाल रहेका छन् ।
बजार गरी घर जानेक्रममा ठूलो पानी परेपछि स्थानीय दुर्गा बहादुर पुनको घरमा ओत्तिन बसेका उनीहरू माथि चट्याङ परेको थियो । घाइतेहरूको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लैजाने तयारी भैरहेको छ ।
प्रतिक्रिया