दाङ ।
दाङमा प्युठानको झिम्रुक गाउँपालिकाको गाडीले मोटरसाइललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कार्पिओले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका हुन् ।
घाइते हुनेमा बाकेको राप्ती सोनारी गाउँपालिका – ३८ वर्षीय खुमबहादुर राजकोटी र लमही नगरपालिका-९ का ४९ वर्षीय भिमबहादुर कुमाल गम्भीर रहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।
उनीहरुको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । लमही अस्पतालमा प्राथमिक उपचारको पछि घाइते दुबैलाई कोहलपुर मेडिकल कलेज लगिएको छ ।
उक्त गाडी प्युठानको झिम्रुक गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया