९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

प्रकृति मास्नेहरू समाजविरोधी हुन् : पर्यटनमन्त्री



काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रकृतिलाई स्वीकार गरेर प्रकृतिसँगै खेल्न सक्नेहरु सधैँ खुशी हुने बताए ।

उनले धर्तीको जीवहरु प्रकृतिका फूल भएकाले सबैजना प्रकृतिमा खुसी हुन सक्नुपर्ने बताए। उनले प्रकृतिको विरोध गरी प्रकृति मास्नेहरु समाजविरोधी भएको बताए।

उनले भने, ‘प्रकृतिलाई स्वीकारेर खेल्न सक्नेहरू सधैँ सुखी हुन्छ । प्रकृतिकै हामी फूल हौँ, हामी सबै खुसी हुनुपर्छ। कति समाजमा अहिले पनि तुच्छ व्यवहार गरिन्छ । जो शब्दमा हामी सुन्न र स्वीकार्न सक्दैनौँ । प्रकृतिलाई अस्वीकार गर्ने मानिस प्रकृतिविरोधी हुन् । ती समाजहरु प्रकृतिविरोधी समाज हुन् । जो आफू सभ्य, बुद्धिजीवि भएर प्रस्तुत हुन्छन्, उनीहरुले यो प्रकृतिलाई स्वीकार्न सक्दैनन् भने हामी उनीहरुलाई बुद्धिजीवि भन्न सक्दैनौँ ।’

मन्त्री किरातीले प्रकृतिलाई स्वीकार्न नसक्ने मानिसलाई बुद्धिजीवि भन्न नसकिने बताए ।

प्रकाशित मिति : ११ श्रावण २०८० बिहिबार ००:००  ५ : ४२ बजे