मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ स्थित जनज्योती माविको एसईई नतिजा कमजोर देखिएको छ ।
एसईई परीक्षा- २०७९ मा सामेल विद्यार्थी मध्ये बाणगंगा नगर भित्रका उत्तरी क्षेत्रका विद्यालयमै जनज्योतीको नतिजा कमजोर देखिएको हो ।
भूगोलका हिसाबले यो विद्यालय सुगम स्थानमा छ भने पूर्व-पश्चिम महेन्द्र राजमार्गसंग नजिकै छ ।
व्यापक शहरीकरण बढिरहेको मोतिपुरमा रहेको यो विद्यालयमा ९६ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।
जसमध्ये यस विद्यालयबाट ए ल्याउने विद्यार्थीको संख्या एक जना मात्र छ भने बी प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या ८ जना छन् ।
बी ग्रेड ल्याउने विद्यार्थीको संख्या ८ हुँदा सी प्लस ग्रेड र सी ग्रेड ल्याउने विद्यार्थीको संख्या ६३ जना छन् ।
डि प्लस ग्रेडसम्म ल्याउने विद्यार्थीको संख्या यस विद्यालयको १६ जना रहेको छ ।
राजमार्ग क्षेत्रका अरु सामुदायिक विद्यालयको नतिजा हेरौं
जनता मावि पिपराबाट ए प्लस ग्रेड ल्याउने विद्यार्थी ७१ जना छन् । ए ग्रेड ल्याउने १ सय ९ जना हुँदा बी प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या ६८ छन् । २ सय ८९ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिने भनिएपनि ४ जना अनुपस्थित रहेको देखिएको छ । सी प्लस र सी ग्रेड ल्याउने विद्यार्थी ३३ जना हुँदा डी प्लस ल्याउने विद्यार्थी ३ जना छन् भने एक जना विद्यार्थीले मात्र न्यून नतिजा ल्याएका छन् ।
बाणगंगा मावि गजेहडामा ए प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या तीन जना छ । ए ल्याउने ७ जना हुँदा बी प्लस ल्याउने २७ जना रहेका छन् । सी प्लस र सी ग्रेड ल्याउने २८ जना रहेका छन् ।
बाणगंगा मावि लौगाईमा ए प्लस ग्रेड ल्याउने ७ जना रहेका छन् । ए प्लस ल्याउने २२ जना हुँदा बी प्लस ग्रेड ल्याउने २६ जना रहेका छन् । सी प्लस र सी ल्याउने विद्यार्थीको संख्या यस विद्यालयमा ५९ जना रहेको छ ।
बाल मावि बैरियामा ए ल्याउने विद्यार्थी एक जना मात्र रहेका छन् । बी प्लस ग्रेड ल्याउने विद्यार्थीको संख्या यस विद्यालयको १४ जना रहेको छ । बि प्लस ग्रेड ल्याउने विद्यार्थी संख्या भने २६ छ ।
जनता मावि पिपरा, बाणगंगा मावि लौगाई, बाणगंगा मावि गजेहडा र बाल मावि बैरियामा जनज्योती मावि मोतिपुरको एसईई नतिजा राम्रो देखिन्छ ।
राजमार्ग क्षेत्रका यी चार सामुदायिक विद्यालय मध्ये जनज्योती मावि मोतिपुरको नेतृत्व विष्णु भण्डारीको थियो । भण्डारी लामो समयदेखि विद्यालयको प्रधानाध्यापक भएर काम गरेका थिए । नेकपा (एमाले) निकट राष्ट्रिय शिक्षक संगठनको लामो समय कोषाध्यक्ष भएर काम गर्दा उनको नेतृत्वमा यो विद्यालय सन्चालन भएको थियो । अहिले भण्डारी केन्द्रीय अध्यक्ष भएर बेतलवी विदामा बसेका छन् ।
शिक्षकको केन्द्रीय नेता भएको विद्यालयको नतिजा भने कमजोर छ । स्रोतका अनुसार बाणगंगा नगरस्तरीय कक्षा ८ को परीक्षाफल पनि यो विद्यालयको कमजोर नै छ ।
प्रतिक्रिया