दाङ ।
दाङको तुलसीपुरमा रहेको पातुखोलामा डुबेर एक बालकको ज्यान गएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गैरापातुका तुलसी दमाईका ११ वर्षीय छोरा रविन परियारको आज दिउँसो पातुखोलामा डुबेर ज्यान गएको हो ।
साथीसँगै खोलामा नुहाउन गएका बालकलाई स्थानीयले डुबेको अवस्थामा फेला पारेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बालकको राप्ती प्रादेशिक अस्पतालमा उपचारमा क्रममा अहिले बेलुकी ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया