काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ ।
चीनको सिचुवानस्थित अमिसानमा जुलाई ६ र ७ मा आयोजना गरिएको वैठकमा मतदान मार्फत डा. भट्टराई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । भट्टराई अर्घाखाँची निवासी हुनुहुन्छ ।
करिब १ सय ५० भन्दा बढी प्रतिनिधि बिशेषज्ञहरु सहभागी भएको कार्यक्रमबाट सो एलाइन्सको अध्यक्षमा डा. मु.लाई निर्बाचित गरिएको जनाइएको छ । डा. मु. सिचुवान एकेडेमी अफ एग्रिकल्चर साइन्सका पनि अध्यक्ष हुनुहुन्छ ।
त्यसैगरी सो बैठकले विभिन्न पद र सदस्यहरुको पनि निर्बाचन मार्फत नेतृत्व चयन गरेको छ । सो एलाइन्सले समग्र प्रवतिय क्षेत्रको बिकासमा काम गर्ने छ । पर्वतिय क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तर सुधार ल्याउन प्रबिधि विकास, ज्ञान र सिप आदानप्रदान गर्ने छ ।
प्रतिक्रिया