८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु उद्योग वाणिज्य संघले वित्तिय संस्थालाई भन्योः असार मसान्तको नाममा टर्चर नदेऔँ



मायादेवी अनलाइन, बाणगंगा ।
असार मसान्तको नाममा बैङ्क तथा वित्तीय संस्थाहरुले उद्योगी, ब्यापारी तथा व्यवसायीलाई अनावश्यक ‘टर्चर’ दिएको भन्दै त्यसो नगर्न कपिलवस्तु उद्योग वाणिज्य संघले आग्रह गरेको छ ।

असार २२ गते शुक्रबार एक प्रेस विज्ञ्प्ती जारी गर्दै संघले असार मसान्त भए पनि ब्यवसायीको पीडा र मर्का बुझ्न वित्तीय संस्थालाई आग्रह गरेको हो ।

संघका अध्यक्ष डोलकराम घिमिरे र महासचिव मनोज पौडेलद्धारा जारी विज्ञप्तीमा ब्यवसायी अझै पनि समस्यामा रहेको उल्लेख गरिएको छ । व्यवसायी यस्तो अवस्थामा रहेको थाहा पाउँदा पाउँदै बैङ्क, सहकारी, फाइनाइन्स, माइक्रो फाइनाइन्सहरुले सावा र ब्याज उठाउन दबाब दिँदा तत् संस्था र परिवारमा समेत द्धन्दको स्थिति सिर्जना भएको उल्लेख छ ।

व्यवसायीसंग द्धन्द्ध बढाएर भन्दा कर्जा सहजिकरणका वैकल्पिक उपाय अपनाएर अघि बढ्दा दुवै पक्षलाई राम्रो हुने संघको भनाई छ । समस्या समाधानको सहज बाटो हुँदाहुँदै पैसाको उठाउने नाममा वित्तिय संस्थाहरु अमानवीय र अवाञ्छित गतिविधिमा लागेको गुनासो आइरहेकोले त्यस्ता गतिविधि तत्काल बन्द नभए संघ चुप लागेर नबस्ने समेत संघले चेतावनी दिएको छ ।

विज्ञप्ती निकाल्नु अघि वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता थारु, वित्तीय संघसंस्थाका प्रमुख र सरोकारवालाको सहभागितामा संघले अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा ब्यवसायीले आफ्ना पीडा राखेका थिए भने वित्तयि संस्थाहरुले आफूहरु नियमअनुसार जाने भन्दै ब्यवसायीलाई टर्चर नगरेको बताएका थिए ।

प्रकाशित मिति : २३ असार २०८० शनिबार ००:००  ७ : ५९ बजे