पाल्पा ।
नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे ९कमल०को शुक्रबार बेलुकी निधन भएको छ । केही दिन दिनदेखि बगनासकाली गाउँपालिका-१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेको हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घरमा छाती दुख्यो भनेर जानकारी दिएपछि लुम्बिनी मेडिकल कलेज आउने क्रममा बाटोमै बेहोस भएको र अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए ।
पाण्डेयको दुई छोरा र श्रीमती छन् । तीन भाइमध्ये माइला छोराको डेढ वर्षअघि हृदयघातबाटै मृत्यु भएको थियो । सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनुपूर्व एमाले उपसचिव थिए ।
प्रतिक्रिया