मायादेवी अनलाइन, बाणगंगा ।
वि.सं. २०४८ सालदेखि संचलालित कपिलवस्तुकै सबैभन्दा पुरानोमध्ये एक सिद्धार्थ क्याम्पस बुङ्चीमा पहिलोपटक कक्षा ११ को पढाई ‘विहानी सिफ्ट’ मा संचालन गरिने भएको छ ।
विद्यार्थीको आवश्यकता र रुचीलाई मध्यनजर गर्दै साउन २ गतेदेखि क्याम्पसमा कक्षा ११ को पढाई विहान संचालन हुने भएको हो ।
अहिले क्याम्पसमा कक्षा ११ मा ११५ र कक्षा १२ मा १३० गरी २४५ विद्यार्थी अध्ययनरत छन् । धेरै पहिलेदेखि अभिभावक र विद्यार्थीको यस खालको माग भए पनि अहिले निर्णय गरिएको खनालले बताए ।
यससंगै अब विहान र दिउँसो दुवै समयमा कक्षा ११ का विद्यार्थीले अध्ययनको मौका पाउने छन् । क्याम्पस प्रमुख बेदराज अर्यालले विहानी सिफ्टको कक्षा संचालनले विद्यार्थीलाई थप सहज हुने बताए ।
प्राचार्य अर्यालले एसईईको नतिजा आएसंगै शिक्षा, मानविकी र ब्यवस्थापना शंकायमा कक्षा ११ मा भर्ना खुलेको समेत बताए । सहायक क्याम्पस प्रमुख गोविन्द खनालले नयाँ भर्ना आरम्भसंगै विहानी सिफ्ट संचालन हुने जानकारी दिए ।
‘प्लस टु’ तर्फ शैक्षणिक कार्यक्रम संयोजक राज कुमार अर्यालले प्लस टुमा पनि अंग्रेजी र नेपाली दुवै माध्ययममा अध्यापन हुने बताए । सिद्धार्थ क्याम्पस जिल्लाकै पहिलो क्युएए मान्यता प्राप्त क्याम्पस हो ।
प्रतिक्रिया