१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

एसईईमा जनता मावि पिपराबाट ७० जनाले ल्याए ‘ए प्लस’



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको पिपरास्थित जनता माविले एसइई परीक्षा २०७९ मा ७० जना विद्यार्थीलाई ए प्लसमा उत्रिर्ण गराउन सफल भएको छ । सामुदायिक विद्यालय तर्फ लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यालयमा पर्ने जनता माविबाट ७० जना विद्यार्थी ए प्लस ग्रेडमा उत्रिर्ण भएका हुन् ।

विद्यालय प्रधानाध्यापक रमेश पन्थीका अनुसार ६ जना विद्यार्थीले ३.९ जिपिए प्राप्त गरेका छन् । विद्यालयका ९७ जनाले ‘ए’ ग्रेड र अन्य सबै विद्यार्थीहरुले उत्कृष्ट ग्रेडमा उत्रिर्ण भएको पन्थीले बताए ।

तीन वर्षे प्राविधिक शिक्षा र कपिलवस्तुमा पहिलो विज्ञान विषयका कक्षा संचालन गरेको विद्यालयले उत्कृष्ट नतिजालाई निरन्तरता दिएको अंग्रेजी माध्यमका कोर्डिनेटर उज्ज्वल अधिकारीले बताए ।

अधिकारीले ‘प्ले ग्रुप’देखि डिप्लोमा तहसम्म अध्यापन हुने विद्यालय कपिलवस्तुका लागि मात्र नभएर लुम्बिनी प्रदेशकै लागि उत्कृष्ट शैक्षिक गन्तव्य भएको दाबी गरे ।

प्रकाशित मिति : २२ असार २०८० शुक्रबार ००:००  १० : १२ बजे