एजेन्सी ।
भारतमा हुने आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताका लागि एसोसिएट्स टिम नेदरल्यान्ड चयन भएको छ । जिम्बाब्वेमा बिहीबार सुपर सिक्सको खेलमा अर्को एसोसिएट्स टिम स्कटल्यान्डमाथि सानदार जित हात पार्दै नेदरल्यान्ड विश्वकपका लागि चयन भएको हो ।
जिम्बाब्वेमा विश्वकप छनोट प्रतियोगितामा नेपालसहित १० टिमले सभागिता जनाएका थिए । नेपाल जहाँ आठौँमा रहँदै विश्वकपका लागि छनोट हुन सकेन । सो प्रतियोगिताको सुपर सिक्समा शीर्ष दुईमा रहँदै नेदरल्यान्ड्स विश्वकपका लागि चयन भएको हो । यसअघि श्रीलंका शीर्ष स्थानमा रहँदै विश्वकपका लागि चयन भइसकेको थियो । अब प्रतियोगिताको फाइनल नेदरल्यान्ड्स र श्रीलंकाबीच हुनेछ ।
बिहीबार स्कटल्यान्डले दिएको २७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४ ओभरभित्र जिते मात्र विश्वकपका लागि छनोट हुने अवस्था थियो । तर उसले ४२ ओभर ५ बलमा लक्ष्य पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा बास डि लिडेले अलराउन्ड प्रदर्शन गरे । बलिङमा ५ विकेट लिएर स्कटल्यान्डलाई ठूलो स्कोर बनाउनबाट रोकेका उनले ब्याटिङमा १२३ रन बनाउँदै आवश्यक जित दिलाए ।
प्रतिक्रिया