७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

बाढीले ल्याएको दाउरा संकलन गर्न खोज्दा बाणगंगा नदीले बगायो



कपिलवस्तु ।
बाढीले ल्याएको दाउरा संकलन गर्न खोज्दा बाणगंगा नदीले बगाउँदा एक व्यक्तिको ज्यान गएको छ । कपिलवस्तुको बाणगंगा नदीमा डुबेर बुधबार एक जनाको ज्यान गएको हो ।

बाणगंगा नदीमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

नदीले बाढीमा बगाएर ल्याएका काठ दाउरा संकलन गर्ने क्रममा उनलाई खोलाले बगाएको स्थानीय व्यक्तिहरुको भनाइलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । जर्लैया घाटमा दाउरा जम्मा गर्ने क्रममा डुबेका लोधलाई स्थानीयले उद्धार गरेका भएपनि उनको मृत्यु भइसकेको थियो ।

उनको शव घटनास्थलभन्दा झण्डै एक किलोमिटर टाढा फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमाका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० असार २०८० बुधबार ००:००  १० : २३ बजे