देउखुरी ।
लगातार विरोधमा रहेको लुम्बिनी प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्तापक्षबीच आज प्रदेशसभा बैठक बस्ने गरी सहमति भएको छ ।
आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा सदनबाट बाहिरिएको एमाले आज १ बजे बैठक बस्नको लागि सहमत भएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
दफावार र शैद्धान्तिक छलफलका क्रममा उठेका विषयलाई सम्बन्धित मन्त्रीहरूले जवाफ दिने उनले जानकारी दिए ।
एमाले बाहिरिएको बैठकमा सांसदहरू निमा गिरी, सञ्जु कुमारी चौधरी, तारा थापाले बोलेका थिए । उनीहरूले संसदीय मर्यादाविपरीत एमालेका सांसदहरूले बजेट पुस्तीका च्यात्नु र बैठक बहिस्कार गरेको भन्दै आपत्ति जनाएका थिए ।
प्रतिक्रिया