एजेन्सी ।
जिम्बावे आईसीसी एकदिवसीय विश्वकपमा पुग्न असफल भएको छ । आज मङ्गलवार आईसीसी विश्वकप छनोटअन्तर्गत ुसुपर सिक्सु को खेलमा स्कटल्यान्डसँग ३१ रनले हारेसँगै जिम्बावेले आउँदो अक्टोबररनोभेम्बरमा भारतमा हुने विश्वकप खेल्ने सम्भावना सकिएको हो ।
स्कटल्यान्डले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे ४१ ओभर १ बलमा २ सय ३ रनमा अलआउट भयो । जिम्बावेका रायन बर्लले ८३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै वेस्ले मेधेभेरेले ४० र सिकन्दर राजाले ३४ रन बनाए । बलिङतर्फ स्कटल्यान्डका क्रिस सोलले ३ तथा ब्रान्डन म्याकमुलेन र माइकल लिस्कले २र२ विकेट लिए ।
जिम्बावे बाहिरिएसँगै अब आउँदो बिहीवार हुने नेदरल्यान्ड्स र स्कटल्यान्डबीचको खेलले ुसुपर सिक्सु बाट विश्वकप पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । त्यो खेलमा स्कटल्यान्ड विजयी हुँदा सोझै विश्वकपमा पुग्नेछ भने स्कटल्यान्डले हारेमा नेट रनरेटमा माथि रहने टोली विश्वकपमा पुग्नेछ ।
अहिले स्कटल्यान्ड दोस्रो र नेदरल्यान्ड्स चौथो स्थानमा छ । जिम्बावे तेस्रो स्थानमा भए पनि उसले सबै खेल खेलिसकेको छ । ुसुपर सिक्सु बाट श्रीलङ्का यसअघि नै विश्वकपमा पुगिसकेको छ ।
प्रतिक्रिया